ए लेभलमा चेल्सी उत्कृष्ट

Post 21 of 29

क्याब्रिज विश्वविद्यालय र ब्रिटिस काउन्सिलले ए लेभल उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बानेश्वरस्थित चेल्सी इन्टरनेसनल एकेडेमीले सबैभन्दा बढी ९ वटा अवार्ड लिन सफल भएको छ । सन् २०१४ को मे–जुन, अक्टोबर–नोभेम्बरमा सञ्चालन भएको वार्षिक परीक्षामा सहभागी विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीमध्ये ३३ जना विद्यार्थी सम्मान भएका मध्ये चेल्सीले सबैभन्दा बढी सफलता हात पारेको हो ।

राजधानीमा बुधबार आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति परमानन्द झाले गुणस्तरीय शिक्षाका लागि क्याब्रिज विश्वविद्यालय र ब्रिटिस काउन्सिलले योगदान पुर्याएकोमा खुसी व्यक्त गर्दै सबै विद्यार्थीलाई सफलताको शुभकामना दिनुभएको थियो । प्रमुख अतिथि झाले क्याब्रिज एडभान्स एस लेभलको औपचारिक शुरुआत पनि गर्नुभयो । एस लेभल नेपाल स्टडिज् सन् २०१६ जुनदेखि शुरू हुने भएको छ ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा। लवदेव अवस्थीले उत्कृष्ट विद्यार्थीलाई शुभकामना दिँदै क्याम्ब्रिज युनिभर्सिटीको कक्षाका कारण विद्यार्थीको क्षमतामा वृद्धि भएको बताउँदै यसको कारण नेपाली विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेको धारणा राखे । ब्रिटिस काउन्सिलका क्षेत्रीय निर्देशक रुचिरा घोषले बधाई ज्ञापन गर्दै परीक्षार्थीहरूको धैर्यता, शिक्षकहरूको समर्पण र परिवारको सहयोगले उत्कृष्ट नतिजा प्राप्त भएको बताए । ब्रिटिस काउन्सिल नेपालका प्रमुख ब्रान्डन म्याक सरीले सबै विद्यार्थीलाई बधाई दिँदै अझै प्रगतितर्फ उन्मुख हुन आग्रह गरे ।

 

 विभिन्न समाचारपत्रमा  प्रकाशित समाचारहरु :

 

Gorkhapatra, 19 Feb 2015
Page No. 5

Gorkhapatra, 19 Feb 2015<br />  Page No. 5

 

Nagarik News, 19 Feb 2015
Page No. 5

 

Kantipur Daily, 20 Feb 2015
Page No. 12 & 13

Kantipur Daily, 20 Feb 2015 Page No. 12 & 13

 

Karobar Daily, 20 Feb 2015
Page No. 2

Karobar Daily, 20 Feb 2015 Page No. 2

 

Kathmandu Post, 20 Feb 2015
Page No. 6 & 7

Kathmandu Post, 20 Feb 2015 Page No. 6 & 7

 

Naya Patrika, 19 Feb 2015
Page No. 3

Naya Patrika, 19 Feb 2015, Page No. 3

 

The Himalayan Times 19 Feb 2015
Page No. 3

The Himalayan Times 19 Feb 2015, Page No. 3

Menu