समाचारपत्र

– प्रकाशित मिति ०४-०७१

सरकारले संस्थागत विद्यालय निर्देशका जारी गरेको तीन वर्ष पुग्यो । निर्देशिकामा उल्लेख भएअनुसार विदेशी नामधारी विद्यालयको नाम परिवर्तन निर्देशिकाको मुख्य विषय बन्यो । तर अहिले नाम परिवर्तन गर्ने विषयमा न सरकारले चासो दिन सकेको छ, न त विद्यालयले नै । निर्देशिका जारी हुनासाथ शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई कडा उर्दी जारी गर्यो र भन्यो– ‘विदेशी नाम भएका विद्यालयले तत्काल स्वदेशी नाम राख्न लगाउनू ।’ त्यसको लहलहैमा काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला शिक्षा कार्यालयले सबै संस्थागत विद्यालयलाई तर्साउने गरी सूचना पनि जारी गर्यो तर हालसम्म कतिपय विदेशी नामधारी विद्यालयले नाम परिवर्तन गर्न सकेनन्। उल्टै जिल्ला शिक्षा कार्यालयलाई चुनौती दिए । शिक्षा विभागको तालमा उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले पनि आफ्नो मातहतका सबै क्याम्पस र उमाविलाई विदेशी नाम परिवर्तन गर्न उर्दी जारी गर्यो । त्यसमा पनि दुवै निकाय असफल भए । अहिले कसरी नाम परिवर्तन गराउने भन्ने विषयमा जिल्ला शिक्षा कार्यालयलाई टाउको दुखाइको विषय बन्न पुगेको छ । ललितपुरका जिल्ला शिक्षा अधिकारी शिव सापकोटाले जिल्लामा विदेशी नामबाट सञ्चालन भएका विद्यालयको नाम परिवर्तन गर्न पत्राचार गरेको बताउँदै भने– ‘भटाभट नाम परिवर्तन भइरहेको छ, यदि कसैले पनि नाम परिवर्तन नगरेको खण्डमा सम्बन्धन नै खारेजी गर्नेछौं ।’

शिक्षा विभागले नाम परिवर्तन गर्न पहिलो पंक्तिमा राखेको चेल्सी इन्टरनेसनलले हालै नाम परिवर्तन गरेर विद्या संस्कार बनाएको छ । नाम परिवर्तन गरेलगत्तै सो विद्यालयका प्रिन्सिपल सुधीरकुमार झाले भने– ‘हामीले त गर्यौं अरू विद्यालयको पनि नाम परिवर्तन गर्न सरकारले दबाब दिनुपर्छ ।’ उनले आफ्नो विद्यालयको नाम परिवर्तन गरेको विषयमा जानकारी गरउँदै भने– ‘अब त हाम्रा बारेमा कसैले प्रश्न उठाउनेवाला छैन ।’ सो विद्यालयले गएको बिहीबार एक कार्यक्रम आयोजना गरी नाम परिवर्तन गरेको घोषणा गरेको छ ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी डा। बालकृष्ण रञ्जितले विदेशी नाम भएका विद्यालयले परिवर्तन गर्ने क्रम जारी रहेको बताए । उनले भने– ‘हामीले कतिपय विद्यालयलाई पत्राचार गरिसकेको छौं, कतिले प्रक्रिया पुर्याएर परिवर्तन गर्ने क्रममा रहेका छन् ।’ विदेशी क्लब, देश वा अन्य नम जोडिएका विषयबाट विद्यालय सञ्चालन गर्न नपाउने प्रावधान रहेको छ ।

अब चेल्सीले कक्षा १ देखि १० सम्म विद्या संस्कारको नामबाट कक्षा सञ्चालन गर्नेछ । विदेशी नामबाट सञ्चालन गर्ने विद्यालयको नाम परिवर्तन गर्ने कामको थालनी भएको छ । चेल्सीका विलक्षण प्रतिभाका धनी विद्यार्थीद्वय कृष्ण दाहाल र रिसव पौडेलले गरेका थिए । चेल्सीको ए लेभलमा अध्ययनरत ती विद्यार्थीले विद्या संस्कारको उद्घाटन गरेपछि प्रिन्सिपल झाले नामअनुसारको शैक्षिक गुणस्तरीयता प्रदान गर्ने बताए । चेल्सीकी प्रबन्ध निर्देशक प्रमिता विष्टले विद्यालयको नाम विद्यासंस्कार भएको बताउँदै सो विद्यालयमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सञ्चालक समितिका सदस्य राजेश अधिकारीले आउने दिनमा सो विद्यालयले अभैm मिहिनेतका साथ अघि बढ्ने उल्लेख गरे ।


Republica – Falgun 01

KATHMANDU, Feb 12: Chelsea International Academy has been renamed as Vidyasanskar School Kathmandu amid a program on Thursday.

Speaking at the program, founder principal of the school, Sudhir Kumar Jha, said the decision to rename the school was taken in line with the government directive to replace name of education institutions with foreign name to with Nepali names.

“Chelsea International Academy is a renowned name in the field of education since the past ten years,” he claimed. The Program was inaugurated by differently-abled student of the institution Krishna Dahal and RhishavPaudel. Rajesh Adhikari, one of the Board of Directors, said the academy would perform even better in future with everyone´s support. –


समाचारपत्र  – फाल्गुन ०१ 

काठमाडौं, (नेस)
बानेश्वरस्थित चेल्सी इन्टरनेसलन एकेडेमी विद्यालयको नाम परिवर्तन गरी विद्या संस्कार स्कुल काठमाडौं राखिएको छ।
अब चेल्सीले कक्षा १ देखि १० सम्म विद्या संस्कारको नामबाट कक्षा सञ्चालन गर्ने भएको छ। हिजो बिहीबार आयोजित कार्यक्रममा नेपालको शैक्षिक क्षेत्रमा विदेशी नामबाट सञ्चालन गर्ने विद्यालयको नाम परिवर्तन गर्ने कामको थालनी भएको छ।

कार्यक्रमको उद्घाटन चेल्सी इन्टरनेसनल एकेडेमीमा अध्ययनरत विलक्षण प्रतिभा भएका विद्यार्थी कृष्ण दाहाल र रिसव पौडेलले गर्नुभएको थियो।

कार्यक्रमको शुरुआतमा चेल्सी इन्टरनेसनल एकेडेमीकी प्रबन्ध निर्देशक प्रमिता विष्टले विद्यालयको नाम विद्या संस्कार भएको बताउँदै सो विद्यालयमार्फत् उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चेल्सी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल तथा संस्थापक सुधीरकुमार झाले नेपालको शिक्षा नीति, चेल्सीको एकदशक यात्राका उतारचढाव र भावी योजनामा केन्द्रित रहेर आफ्नो मन्तव्य राख्नुभयो।

उहाँले नाम परिवर्तनसँगै विद्यालयले नयाँ युग सुहाउँदो शिक्षा प्रदान गर्ने बताउनुभयो। उहाँले नाम परिवर्तन कुनै करकापमा नभई सरकारको नियम कानुनलाई सम्मान गर्दै सकरात्मकरूपमा लिएको धारणा व्यक्त गर्नुभयो।

सञ्चालक समितिका सदस्य राजेश अधिकारीले आउने दिनमा सो विद्यालयले अझै मिहिनेतका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।


 


Menu