principalआदरणिय मान्यजन तथा संचारकर्मी मित्रहरु
नमस्कार ।

नेपालको शिक्षा क्षेत्रमा चेल्सी इन्टरनेसनल एकेडेमी आपैmमा एउटा स्थापित नाम हो । शिक्षा क्षेत्रमा विभिन्न विषयमा दक्षता हासिल गरेका अनुभवी युवाहरुको विचार मन्थनबाट सुरु भएको यस संस्थाले पूर्व प्राथमिक– देखि कक्षा १० सम्म र क्याम्ब्रिज विश्वविद्यालयको ए–लेभल कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको शिक्षा सुलभ खर्चमा प्राप्त गरी यस संस्थाबाट उत्तीर्र्ण विद्यार्थीहरु हाल अन्तराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् ।

२०६१ सालमा औंलामा गन्न सकिने विद्यार्थी संख्याबाट आफ्नो यात्रा प्रारम्भ गरेको चेल्सी हाल आएर १५५० विद्यार्थी तथा २६० शिक्षक कर्मचारी र ती १५५० विद्यार्थीका अभिभावकहरूको एउटा ठुलो परिवार बनिसकेको छ । के आजको दिनसम्म आइपुग्दा हामी सबैको यात्रा सजिलो थियो त ? सबैले अनुमान लगाउन सकिन्छ , त्यो पक्कै पनि सजिलो थिएन । अटल विश्वास, शिक्षक कर्मचारीहरूको अथक मिहिनेत, विद्यार्थीहरूको लगन, पत्रकार, सञ्चारकर्मीको सहयोग सुझाव र हाम्रा शुभ चिन्तकहरूको प्रेम र सद्भावले हामी आजको परिस्थितिमा आइपुगेका हौं । यो यात्राको दौरानमा सँगालेका तिता मिठा अनुभवहरूले हामीलाई सदैव अगाडि बढ्न प्रेरित गरिरह्यो । फलस्वरुप आज चेल्सी विद्यालय र ए–लेभल शिक्षा क्षेत्रमा देशकै अग्रणी स्थानमा उभिन सफल छ । यो १० वर्षमा ए–लेभलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरकै उत्कृष्ट नतिजा, प्रवेशीका परीक्षामा उत्कृष्ट नतिजा, विद्यार्थी तथा विद्यालय परिवारको अतिरिक्त क्रियाकलाप र सामाजिक कार्यक्रममा संलग्नता इत्यादिले हाम्रा सफलताहरूलाई सजिलै पुष्टि गर्छन् ।

स्थापनाकालदेखि नै अन्य शैक्षिक संस्थाभन्दा केही हदसम्म भएपनि यस विद्यालयले आपूmलाई पृथक राख्न सकेको छ । चेल्सी इन्टरनेसनल एकेडेमीले अन्तराष्ट्रिय शैक्षिक स्तरसँग प्रतिस्पर्धा गर्नु सामान्य कुरो होइन । हामी चाहन्छौं, हाम्रा विद्यार्थीहरू विश्वका कुनै कुनामा रहे पनि सफल रहून् । यी कुराहरुलाई ध्यानमा राखेर शुरुवातदेखि नै हामीले हाम्रा पाठ्यक्रमलाई सुधार गरेर बालमैत्री बनाएका थियौं । कक्षा कोठामा सीमित विद्यार्थी संख्या, दक्षता तथा बालमैत्री भावना भएका शिक्षक–शिक्षिका, प्रशस्त अतिरिक्त क्रियाकलाप आदिका कारण अभिभावकहरू सदैव सन्तुष्ट रहेको पाइन्छ ।
पाठ्यक्रमले मानिसको सही जीवनमा प्रयोग हुने शिक्षालाई प्राथमिकता दिनुपर्छ । विद्यार्थीहरू कक्षाकोठाको काल्पनिक संसारमा रमाइरहनुभन्दा पनि सही संसारमा बाँचेको हुनुपर्छ, जसलाई अत्यन्त नियन्त्रित र लादिएको पढाउने शैलीबाट टाढा लगेर गर्न सकिन्छ । सही शिक्षाले एउटा बालकलाई सामाजिक, सिर्जनशील, मेहनती, सहयोगी र निडर बनाउँछ । सही शिक्षाले मानिसको विकाससँग समायोजन गर्दछ । विद्यार्थीहरूले आफैले सिक्ने क्षमताको बृद्धि गर्नुपर्दछ । बच्चाको सुनौलो भविष्यका लागि अभिभावकहरुको ठुलो उत्तरदायित्व रहेको हुन्छ । हरेक अभिभावकले आफ्नो बच्चाको इच्छा र क्षमतालाई ख्याल गर्नुपर्छ । बच्चाको सिकाइलाई आफ्नो कतबतगक कथmदय िबनाउनु हुँदैन । के पढाउँछौं र कसरी पढाउँछौं, त्यो सबभन्दा महत्वपूर्ण छ । आजको कक्षा कोठा भोलिको समाज हो । अतः गुणस्तरीय शिक्षाबाट नै समाजको स्वरुप परिवर्तन गर्न सकिन्छ ।

राज्यले निर्धारण गरेको नीति नियममा रहेर सबै शैक्षिक संस्थाहरु चलेका हुन्छन् । निर्दिष्ट लक्ष्यका लागि नीति मूल मार्ग हो । स्पष्ट र सफा मार्गबाट नै कुनै विघ्न बाधा बिना लक्ष्यमा पुग्न सकिन्छ । नेपालको शैक्षिक विकासका लागि बनेका नीतिहरुका बारेमा टिकाटिप्पणी गर्नुभन्दा पनि हामी निजी शैक्षिक संस्थाको प्रतिनिधि पात्र भएकाले आफ्नो मनमा लागेका कुरा भन्न खोजेको हुँ ।

हामीले नेपालको परिप्रेक्ष्यमा प्राय देख्दै र सुन्दै आएको कुरा हो “नीति अत्यन्त राम्रो हो तर त्यो सफल रुपमा कार्यान्वयन हुन सकेन ।” अतः नेपालमा नीतिहरु निर्माण भए पनि सबैभन्दा ठुलो समस्या त्यसको कार्यान्वयनमा रहेको पाइएको छ । यसमा को दोषी छ, त्यो पक्कै पनि बहसको विषय होला । असफल नीति कार्यन्वनका कारण शिक्षा क्षेत्रमा अनगिन्ती चुनौतीहरू दिन प्रतिदिन थपिँदै गएका छन् । सरकारको साक्षरता अभियान औपचारिक र अनौपचारिक शिक्षा बिचको भेदभाव, विद्यालय व्यवस्थापनको अभिभारा समुदायलाई हस्तान्तरण गर्नु , पूर्व प्राथमिक शिक्षामा सरकारको स्पष्ट धारणा नहुनु , अझै पनि सबैको पहँुचमा प्राथमिक शिक्षा नहुनु निजी र सामुदायिक विद्यालयलाई एउटै नीतिमा राख्नु खयअबतष्यलब िभमगअबतष्यल इत्यादि जस्ता चुनौतीहरू टड्कारो रुपमा छन् । धेरै कुरा एचभकअचष्उतष्खभ छन् ।

नेपालको शिक्षा नीति निर्माण समयसापेक्ष नभएको गुनासो सर्वत्र सुनिन्छ । अझ विद्यालय शिक्षाको क्षेत्रमा सुनिने गुनासाहरू ज्यादा छन् । शिक्षा क्षेत्रलाई राजनीतिकरण गरिनु । विकेन्द्रीकरणको सिद्धान्त अँगाले पनि विद्यालयहरूलाई पाठ्यक्रम, शिक्षक छनौटजस्ता विषयमा स्वांयतता नदिनु, नीति निर्माणमा सरोकारवालाहरूलाई समेट्न नसक्नु । यी विषयले सफल नीति निर्माण र त्यसको कार्यन्वयनमा शङ्का जन्माउँछ । सबैभन्दा महत्वपूर्ण कुरो देशको अवस्था अनुरुप जन्मेका निजी शैक्षिक संस्थाले ओगटेको हिस्सालाई हेर्ने हो भने सरकारले निजी क्षेत्रलाई “पार्टनरको रुपमा लिन सक्नु पर्दथ्यो तर हुन सकिरहेको देखिएन ।

मैले अगाडि नै भनिँसके, राज्यले निर्दिष्ट गरेका नीति नियम नै लक्ष्यमा पुग्ने मार्ग हुन् । यस्तै नियमका सन्र्दभमा नेपालमा सञ्चालनमा रहने कुनै पनि शैक्षिक संस्थाको नाममा नेपालीपन झल्कनुपर्ने हुनेछ भन्ने रहेको छ । राज्यको सो नियमलाई शिरोधार्य गरेर हाम्रो विद्यालयले कक्षा नर्सरीदेखि दससम्मको साविकको नाम “चेल्सी इन्टरनेसनल एकेडेमीलाई” परिवर्तन गरी “विद्या संस्कार स्कुल काठमाडौ” राखिएको कुरा फेरि पनि जानकारी गराउँन चाहन्छु । म आज उपस्थित सम्पूर्ण महानुभावहरूलाई के स्पष्ट पार्न चाहन्छु भने यो नाम परिवर्तन हामी कुनै करकापमा नपरी एकदमै सकारात्मक रुपमा लिएका छौं । नाममा भन्दा काममा विश्वास राख्ने हामी सबै यो नयाँ नामलाई सबैको प्रिय बनाउन सदैव कटिबद्ध रहनेछौंँ । “विद्या संस्कार” नाम आफैंमा काफी छ हाम्रो भिजनलाई दर्शाउन । अत ः सुसंस्कृत शिक्षा प्रदान गर्न हाम्रो टिम अहोरात्र खटिइरहने छ ।

यस चेल्सी इन्टरनेशनल एकेडेमीले आफ्नो एक दशकको यात्रामा आफ्नो नाम स्थापित गर्न सफल भैसकेको छ । अब आगामी दिनहरूमा आफ्नै शैक्षिक कार्यक्रमको परिधि बढाउनका लागि हामी लागिसकेका छौं । विध्यमान कार्यक्रमलाई निकट भविष्यमा उच्च माध्यमिक तह, बिबिए, एमबिए लगायतका उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेका छौं । यस चेल्सी इन्टरनेसनल एकेडेमी प्रा .लि. एउटा विशुद्ध शैक्षिक गृहको रूपमा विकसित हुँदै जानेमा हामी विश्वस्त छौं ।

अन्त्यमा यस एक दशकको यात्रामा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

धन्यवाद
यहाँहरुको दिन शुभ वितोस्

Sudhir Kumar Jha
Principal, Founder Director

Menu